यी तीन तरिकाबाट हेर्नुहोस् स्वरोजगार लघुवित्तको एफपीओ नतिजा
१ चैत्र २०८१, शुक्रबार १०:४१

काठमाडौँ । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार काठमाडौंमा आज बाँडफाँट भएको हो ।
एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका थिए । जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन्। बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ ।
एफपीओको नजिता कसरी हेर्ने ?
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login