वैवाहिक वर्षगाँठमा श्रीमानलाई नेशनल लाइफको बीमा पोलिसी उपहार

१ चैत्र २०८१, शुक्रबार ०९:३४

काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह तथा वर्षगाँठ जस्ता विशेष अवसरमा बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। आर्थिक जोखिम तथा भविष्य सुनिश्चित गर्न जीवन बीमा उपहार दिने चलन लोकप्रिय बन्दै गएको हो।

यसै क्रममा भरतपुर महानगरपालिका–९, मिलनचोक निवासी गीताञ्जली गौतमले आफ्ना श्रीमान् गोविन्द तिमिल्सिनालाई वैवाहिक वर्षगाँठको अवसरमा ५० लाख रुपैयाँको “अमृत श्री” १५ वर्षे जीवन बीमा पोलिसी उपहार दिएकी छन्। पारिवारिक भविष्य सुरक्षाका लागि बीमा अपरिहार्य रहेको बताउँदै उनले नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी रोजेकी हुन्।

बीमा पोलिसी हस्तान्तरणका क्रममा नेशनल लाइफ इन्स्योरेन्स, नारायणगढ शाखाका प्रमुख राजु शाह कानुले दम्पतीको यो प्रेरणादायी कार्यको प्रशंसा गर्दै उनीहरूलाई वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गरे।

गीताञ्जली गौतमका अनुसार बोनसदर उच्च रहेको, वाणिज्य बैंकको लगानी समेत रहेको र ३८ वर्ष पुरानो बीमा कम्पनी भएकाले नेशनल लाइफ इन्स्योरेन्स रोजिएको हो। उनका श्रीमान् गोविन्द तिमिल्सिनाले १० वर्षअघि पनि यसै कम्पनीबाट बीमा खरिद गरिसकेको र परिपक्व भएपछि दाबी प्राप्त गरिसकेको अनुभव सुनाए। श्रीमतीले घर खर्चबाट बचत गरी बीमा उपहार दिएकाले आफू निकै खुशी भएको तिमिल्सिनाले बताए।

नेशनल लाइफ इन्स्योरेन्स ३८ वर्षदेखि बीमा बजारको नेतृत्व गर्दै आएको कम्पनी हो। जीवन बीमा उपहार दिने यो नयाँ प्रवृत्तिले बचत संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै आर्थिक सुरक्षामा टेवा पुग्ने शाखा प्रबन्धक शाहले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*