इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१ चैत्र २०८१, शुक्रबार ०८:४६

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*