आज तराईमा धुमधामसँग होली मनाइँदै

१ चैत्र २०८१, शुक्रबार ०८:२१

काठमाडौं । आज नेपालको तराई क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ। रंग र उमंगको यो चाड विशेष गरी मधेस क्षेत्रमा उत्साहपूर्वक रूपमा मनाइने गरिन्छ।

यस पर्वलाई हिन्दू परम्पराअनुसार दानवी शक्तिमाथि धार्मिक विजयको प्रतीकका रूपमा लिइन्छ। यस दिन तराई क्षेत्रका जनकपुर, वीरगञ्ज, बिराटनगर, राजविराज, नेपालगञ्जलगायतका सहरहरूमा विशेष कार्यक्रमको आयोजना गरी यो पर्व मनाइँने गरिन्छ। आज तराईमा सार्वजनिक बिदा रहेको छ।

पहाडी क्षेत्रमा भने हिजो होलि मनाइँएको छ। बसन्तपुर, ठमेल लगायतका क्षेत्रमा विषेश कार्याक्रमको आयोजना गरेर भव्यताका साथ होलि मनाइँएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*