प्रतिकित्ता ४५० रुपैयाँमा सप्तकोशी बैंकको शेयर संस्थापकलाई बिक्रीमा
१ चैत्र २०८१, शुक्रबार ०६:५९

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगमी वैशाख ३ गतेभित्र विराटनगरस्थित बैंकको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।