‘एनएमबि सरल बचत फण्ड इ’ को इकाई बाँडफाँड
७ आश्विन २०७८, बिहीबार ११:२२
काठमाडौं । एनएमबि म्युचुुअल फण्ड अन्तर्गत संचालन हुने ‘एनएमबि सरल बचत फण्ड ई’ को इकाई बाडफाट भएकोे छ ।
फण्डले ४ करोड इकाई भदौ १७ गतेदेखि २१ गतेसम्म निष्कासन गरेको थियो । यस खुलामुखी योजना अन्तर्गत तोेकिएको अवधि भित्र आवेदन दिने आवेदकहरुलाई बुधबार (असोज ६ गते) इकाई बाँडफाँड गरेको हो ।
फण्डको बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।