एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद असोज २५ गतेदेखि बिक्री खुल्ला

७ आश्विन २०७८, बिहीबार ११:१८

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हदप्रश शेयर निष्काशन गर्ने भएको छ बैंकले असाजे २५ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

उक्त हकप्रदश निष्काशनका लागि बैंकले असोज १ गतेदेखि बुकक्लाज गरेको थियो । जसअनुसार भदौ ३१ सम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् । आवेदनकले कात्तिक २४ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिलट लिमिटेड रहेको छ ।

उक्त हकप्रद शेयरमा आवेदन दिन बिक्री प्रबन्धक सहित एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर सफ्टवेयर वा एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता (१०ः३) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*