अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह

२८ फाल्गुन २०८१, बुधबार १०:०५

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न समयमा परेको दाबीहरूमा अपुग कागजात पेश गरी तत्काल दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।

बीमितले पर्पाप्त कागजात पेश नगरेकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले बीमितलाई आगामी २१ दिनभित्र सम्बन्धित सर्भेयरसँग सम्पर्क गरेर वा कम्पनीको केन्द्रीय वा शाखा कार्यालयमा सम्पर्क गरेर दाबी प्रक्रिया अघि बढाउन भनेको छ।

बीमितको तर्फबाट २१ दिनभित्र पनि अपुग काजगात पेश नभएमा वा सम्पर्कमा नआएमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*