नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

२८ फाल्गुन २०८१, बुधबार ०६:५२

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्म थपिएको छ।

कम्पनीले चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातले हकप्रद बिक्री गर्न अनुमति पाएको हो। हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गत माघ १८ गते बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*