प्रभु इन्स्योरेन्स पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आधिकारिक बीमा कम्पनी चयन, महासंघसँग सम्झौता सम्पन्न

७ आश्विन २०७८, बिहीबार १०:३४

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी नेपाल भरिका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आधिकारिक बीमा कम्पनी बनेको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघमा आबद्ध सबै व्यवसायीहरुले प्रभु इन्स्योरेन्स कम्पनीबाट छरितो, सरल रुपमा सम्पत्ति बीमा तथा अन्य बीमा सेवा प्राप्त गर्नेछन् ।

पुस्तक व्यवसायी महासंघ र प्रभु इन्स्योरेन्स कम्पनीबीच सेवा प्रवाह गर्ने सम्बन्धमा गत मंगलबार सम्झौता भएको छ । सो सम्झौता अनुसार देशैभरिका पुस्तक व्यवसायीहरुको बीमा प्रभु इन्स्योरेन्स कम्पनीले गर्नेछ ।

पुस्तक ब्यवसायी महासंघ बागमति प्रदेशको नगरकोटमा सम्पन्न ६ औं बैंठक उक्त समझदारी गरेको हो । बैठकमा ब्यवसायमा हुनसक्ने जोखिमलाई कम गर्नेका लागि ब्यवसाय बीमा अवधारणलाई जोड दिन छलफल भएको हो ।

प्रभु इन्स्योरेन्सले प्रदेशका प्रतिनिधि ब्यवसायीहरुसंग सहमति गरी ब्यावसायिक बीमा गर्ने सम्झौता भएको जनाएको छ । बैंठकमा बागमति प्रदेशका अध्यक्ष नारायणकुमार श्रेष्ठ, प्रभु इन्स्योरेन्सका सिइओ सन्चित बज्राचार्य लगायत सल्लाहकार संयोजकहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*