साहस उर्जा कम्पनीको आईपिओमा पहिलो दिनमै १२ गुणा बढीको आवेदन

६ आश्विन २०७८, बुधबार १७:५५

काठमाडौं । साहस उर्जा कम्पनीको आईपिओमा पहिलो दिनमै मागभन्दा बढीको आवेदन परेको छ ।कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख १८ हजार ८ सय ७२ जना लगानीकर्ताले ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएको भन्दा १.२ गुणा धेरै आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका ७० लाख कित्ता आईपिओ बिक्री खुल्ला गरेको हो । जसमध्ये सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*