लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, १४ प्रतिशत लाभांश दिने

६ आश्विन २०७८, बुधबार १७:४३

काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ ।बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी सभाले पारित गरेपछि मात्र स्वीकृत गरेको छ । लाभांश स्वीकृति दिएपछि साधारणसभाले पारित गरेमा बैंकको चुक्ता पूँजी १० अर्ब ७६ करोड हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*