२० कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

६ आश्विन २०७८, बुधबार १५:२४

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच भएको छ । नेप्से १०४.८८ अकंले बढ्दा ६ अर्ब १७ करोड माथिको कारोबार भएको हो ।

आज प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स, सिन्धु विकास बैैंक, रिलायन्स फाइनान्स, दिब्यशोवरी हाईड्रोपावर, यूनिर्भसल पावर, यूनियन हाईड्रोपावर, हिमाल दोलाखा हाइड्रोपावर र लिबर्टी इर्नजी कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, पन्चकन्या माई हाईड्रोपावर, माउन्टेन हाईड्रो नेपाल, सिनि रिसुन्गा डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स र हिमालयन उर्जा विकासको सर्किट लेभलमा कारोबार भएको हो ।

आज २ फण्ड र २ ऋणपत्रको शेयर र इकाई मात्र घटेको छ । मन्जुश्री फाइनान्स ऋणपत्रको १.४९ प्रतिशत अकं, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ०.२८ प्रतिशत अकं, नबिल इक्वाटी फण्डको ०.२६ प्रतिशत अकं र एनसीसी डिबेञ्चरको ०.०४ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*