नेप्सेमा १०४ अंकको उछाल, कारोबार ६ अर्बमा सीमित

६ आश्विन २०७८, बुधबार १५:२४

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भारी उछाल देखिएको छ । मंगलबार दिनभरीको उतारचढावका बीच १३ अंकले बढेको नेप्से बुधबार १ सयभन्दा बढी अंकले बढेको हो ।राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।

नेप्से आज १०४ दशमलव ८८ अंकले बढेर २८१६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज २ सय १७ कम्पनीको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज २२ कम्पनीको शेयरमा सकारात्म सर्कीट लागेको छ ।आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको १८ करोड ४८ लाख, आरएमडिसि लघुवित्तको १६ करोड ९९ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख र अपि पावर कम्पनीको १३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*