बुधबार सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

६ आश्विन २०७८, बुधबार १५:०९

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख १५७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा सर्वाधिक कारोबार गर्ने कम्पनीमा हरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको १८ करोड ४८ लाख, आरएमडिसि लघुवित्तको १६ करोड ९९ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख र अपि पावर कम्पनीको १३ करोड ५३ लाख भन्दा माथिको कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*