सिद्धार्थ बैंकद्वारा जोन्ता क्लब काठमाण्डौं नेपाललाई सहयोग
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका कमलादी स्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु। चार लाख सन्तानब्बे हजार दुई सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट का।मुुप्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल ज्युले जोन्ता क्लब काठमाण्डौं नेपालका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्नेछ । साथै विभिन्न सामाजिक संजालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउन प्रोत्साहन गर्नेे उद्देश्य जोन्ता क्लबको रहेको छ । समाजमा भईरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हक अधिकारका लागि कार्यहरु गर्दै आईरहेको संस्था, जोन्ता क्लबलाई बैंकले पु¥याएको यस सहयोगबाट महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।