१३३० जना कोरोना संक्रमित थपिदा १८३० जना संक्रमणमुक्त

५ आश्विन २०७८, मंगलवार १७:११

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ६२६ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३६ जनामा र ३ हजार ९६६ जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ९४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मूत्यु हुँदा १ हजार ८३० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*