फोनपे डाइरेक्टबाट अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० रुपैयाँ मात्रै शुल्क लाग्ने

५ आश्विन २०७८, मंगलवार १६:१६

काठमाडौं । फोेनपे डाइरेक्टमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्दा १० रुपैयाँ मात्र सेवा शुल्क लाग्ने भएको छ ।अब फोनपेका ग्राहकहरुले फोनपे डाइरेक्टमार्फत १ लाख देखी २ लाखसम्मको रकम ट्रान्स्फर गर्दा मात्र १० रुपैया शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणाम अनुसार लिन गरेकोमा अहिले लगाएको उक्त शुल्क नेपालमा अन्तरबैंक कारोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क भएको फोनपेले जनाएको छ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय आबद्ध रहेका छन भने १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप मार्फत सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*