मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

५ आश्विन २०७८, मंगलवार १५:२५

काठमाडौं । साताको तेस्रो दिन पूँजीबजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १३.८३ अकं बढ्दा ७ अर्ब ३६ करोड माथिको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, रुरु जलविद्युत प्रयोजनाको ५.७८ प्रतिशत अकं, नेपाल इन्फ्रास्ट्रकचर बैंकको ४.६६ प्रतिशत अकं, लाईफ इन्स्योरेन्सको ४.२८ प्रतिशत अकं र महुली सामुदायिक लघुवित्तको ३.९९ प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा सानिमा लार्ज क्याप फण्डको ३.४३ प्रतिशत अकं, एक्सल डेभलपमेन्ट बैंकको ३.४२ प्रतिशत अकं, जानकी फाइनान्सको ३.२६ प्रतिशत अकं, माउन्टेन इर्नजी नेपालको २.९४ प्रतिशत अकं र सपोर्ट माईक्रोफाइनान्सको २.९१ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*