लगानीकर्तालाई अर्थमन्त्रीले सोधे, मन्त्रीले बोलेर शेयर बजारको मूल्य तलमाथि हुने हो ?

५ आश्विन २०७८, मंगलवार १३:५९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर लगानीकर्ताहरुलाई शेयर बजारको मूल्य निर्धारणविधीबारे स्पष्ट हुन आग्रह गरेका छन् । मन्त्री शर्माले मन्त्रीले बोलेर शेयर बजारमा मूल्य तलमाथि नहुने कुरा बुझ्न आह्वान गरेका छन् । उनले लगानीकर्ताहरुलाई प्रश्न गर्दै भने, ‘मन्त्रीले बोलेर शेयर बजारको मूल्य तलमाथि हुने हो ?’ शेयर बजारमा मूल्य निर्धारण कहाँबाट कसरी हुन्छ भन्ने कुरा चेतनाको अभावमो कारण पुँजिबजारमा समस्या देखिएको औल्याएका छन् ।

मन्त्री शर्माले आफूले बोल्दै नबोलेको कुराको भिडियो बनाएर शेयर मार्केट विरोधी चित्रण गरिएको बताउँदै यस्तो प्रवृत्ति गलत भएको बताए । शेयर बजार प्रभावित पार्ने बाहानाका लागि कुनै व्यक्ति वा मन्त्रीलाई नमुछ्न आग्रह गरेका छन् । चार्टर्ड एकाउन्टेन्ट सम्बन्धी संस्थाको कार्यक्रममा मन्त्री शर्माले बोल्दै नबोलेको भिडियो एडिट गरेर मन्त्रीलाई शेयर बजार विरोधीका रुपमा चित्रण गरिएको थियो । मन्त्री शर्माले उक्त कार्यक्रममा सिएहरुले हिसाब किताब मिलाउन जानेका हुन्छन् मात्रै भनेको प्रष्टिकरण दिएका छन् ।

त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको आयोजनामा आज काठमाडौंमा आयोजना गरिएको ‘सरकारको पुँजिगत खर्च तथा नेपालमा प्रत्यक्ष विदेशी लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले देश विकासका लागि सबै जना इमान्दार भएमा मात्रै सम्भव भएको धारणा राखेका छन् ।

मन्त्री शर्माले सबैले व्यक्तिगत स्वार्थमा ध्यान दिन देशले अप्ठेरो अवस्थाको सामना गरिरहनु परेको स्पष्ट पार्दै उनले राजनीतिक, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको हितमा काम गर्न सबैलाई आह्वान गरेका छन् । मन्त्री शर्माले देशमा उद्योग गर्ने भन्दा व्यापार गर्नेहरुको संख्या बढि भएकोले पनि समस्या भएको बताए ।

त्रिभुवन विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुवेदीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा डा. रमेशचन्द्र पौडेलले नेपालमा पुँजिगत खर्च व्यवस्थापन विषय कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा.डा. शिवराज अधिकारीले प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पुँजिगत खर्च व्यवस्थापनको सम्बन्धी कार्यपत्र माथि प्रा.डा. विश्वम्भर प्याकुरेल, प्रा.डा. पुष्पराज कँडेल, प्रा.डा. गोविन्दराज पोखरेल, पूर्व सचिव कृष्णहरि बाँस्कोटाले टिप्पणी गरेका थिए । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धमा प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना, प्रा.डा. गोविन्द नेपाल, डा. प्रकाश कुमार श्रेष्ठ, र उद्यमी सुमित केडियाले टिप्पणी गरेका थिए ।

One thought on “लगानीकर्तालाई अर्थमन्त्रीले सोधे, मन्त्रीले बोलेर शेयर बजारको मूल्य तलमाथि हुने हो ?

  1. ara says:

    stop spiting litter. good for nothing

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*