जीवन बीमकको नविकरण बीमा शुल्क ७५ अर्बः प्रभु महालक्ष्मी र आइएमईको प्रतिस्पर्धा, ग्रोथमा रिलायबल र सिटिजन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा जीवन बीमा कम्पनीहरुले ७५ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ७५ अर्ब २५ करोड २७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् । जुन गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नविकरण बीमा शुल्क आर्जन ६.३३ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । ७ महिनामा नेपाल लाइफको नविकरण बीमा शुल्क ८.६५ प्रतिशतले बढेर २१ अर्ब २१ करोड रुपैयाँ पुगेको हो ।
त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ७.५७ प्रतिशतले बढेर ८ अर्ब १२ करोड रुपैयाँ पुग्दा हिमालयन लाइफको ३.२५ प्रतिशतले घटेर ८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नविकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन २३.८८ प्रतिशतले बढेर १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने कम्पनीको नविकरण बीमा शुल्क मार्फत १ अर्ब ५६ करोड रुपैयाँ मात्र संकलन गरेको थियो ।
त्यस्तै, सिटिजन लाइफको नविकरण बीमा शुल्क समेत २१.९६ प्रतिशतले २ अर्ब ८१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, नविकरण बीमा शुल्क आर्जन नेशनल लाइफको ८.७३ प्रतिशतले बढेर ८ अर्ब ४२ करोड, सूर्यज्योति लाइफको १३.८३ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड, एशियन लाइफको १२.८२ प्रतिशतले बढेर ४ अर्ब, राष्ट्रिय जीवन बीमा कम्पनीको २८.३२ प्रतिशतले घटेर ३ अर्ब ३१ करोड, सानिमा रिलायन्सको १०.९५ प्रतिशतले बढेर २ अर्ब ७९ करोड, मेट लाइफको ८.९५ प्रतिशतले बढेर २ अर्ब ६३ करोड रहेको छ ।
यसअवधिमा नविकरण शुल्क प्रभु महालक्ष्मीको २ अर्ब ६ करोड, आइएमई लाइफको २ अर्ब ५ करोड, रिलाबल नेपालको १ अर्ब ९३ करोड र सन नेपाल लाइफको १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
मेट लाइफको ७.६२ प्रतिशतले बढेर २ अर्ब २४ करोड, प्रभु महालक्ष्मीको ६.८२ प्रतिशतले बढेर १ अर्ब ७४ करोड, आइएमई लाइफको १८.४५ प्रतिशतले बढेर १ अर्ब ७० करोड र सन नेपाल लाइफको १६.६४ प्रतिशतले बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।