जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ९५ अर्ब ३८ करोड, कुनको कति ?
१३ फाल्गुन २०८१, मंगलवार १७:२७

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ७ महिनाको अवधिमा सो बीमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले ७ महिनाको अवधिमा २६ अर्ब ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
साथै, नेशनल लाइफले ११ अर्ब २३ करोड रुपैयाँ, एलआइसी नेपालले ११ अर्ब १७ करोड रुपैयाँ, हिमालयन लाइफले नौ अर्ब ९० करोड रुपैयाँ र सूर्यज्योति लाइफले पाँच अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।