सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

५ आश्विन २०७८, मंगलवार १२:०६

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्रीमा ल्याएको जनाएको हो ।
कम्पनीको संस्थापक शेयरधनीले आफ्नो नाममा रहको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन दिएपश्चात समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको कर्पोरेट कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्न चाहाने शेयर कित्ताको ब्यहोरा खुलाई निवेदन दिन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र कुनै पनि निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*