साहज उर्जाको ७० लाख कित्ता आईपीओ भोलिदेखि बिक्री खुल्ला

५ आश्विन २०७८, मंगलवार ११:५१

काठमाडौं । साहज उर्जा लिमिटेडले भोलीदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि (असोज ६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात २ करोड १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आाईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त शेयरमा असोज ६ देखी असोज १० गतेसम्म आवेदन दिन पाउनेछन् । साथै तोकिएको अवधिसम्म पूर्ण आवेदन नपरेको खण्डमा असोज २० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपीओमा धितोपत्र बोेर्डबाट आस्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेबसाइट वा एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएस एस क्यापिटल लिमिटेड रहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*