सिभिल बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

५ आश्विन २०७८, मंगलवार ११:३७

काठमाडौं । सिभिल बैेंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आज (असोज ५)गतेदेखि संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको हो ।

उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले सूचना भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात खुलाई बैंकको केन्द्रिय कार्यालय सिभिल ट्रेड सेन्टर, सुन्धारा काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालार्ई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*