कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

५ आश्विन २०७८, मंगलवार ११:२३

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर तर्फको १३ हजार ८७४ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनी अन्जन कुमार पौडेल र सुनिल कुमार रेग्मीले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल नागपोखरी वा बैंक प्रधान कार्यलय काठमाडौं टंगालमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति वा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । बैंकको शेयर रजिष्ट्रारका रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*