निफ्राले शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने

५ आश्विन २०७८, मंगलवार ११:२०

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले आफ्ना शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सोमबार बसेको संचालक समितिको ९८ औं बंठकले गत आर्थिक बर्ष  २०७७।०७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश बितरण गर्न प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम रहेको २० अर्ब चुक्ता पूँजीको ८.६ प्रतिशत कर सहितले हुन आउने नगद लाभांश बितरण गर्ने लागेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाए पश्चात नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृती भएपश्चात लगानीकर्ताहरुलाई सो प्रतिशत लाभांश रकम वितरण गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*