सात महीनामा लघु निर्जीवन बीमाको व्यवसाय ५० करोडबढी, नेपाल माइक्रो अगाडी

काठमाडौं । चालू आर्थिक वर्षको सात महीनामा लघु निर्जीवन बीमा कम्पनीहरूले ५० करोड २८ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङक्ले देखाएको छ।
प्राधिकरणले आजै मात्र सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल माइक्रो इन्स्योरेनस कम्पनीले १४ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १२ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने स्टार माइक्रोले ११ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै ट्रस्ट माइक्रो इन्स्योरेन्सले पनि ११ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको तथ्याङक्ले देखाएको छ।
कम्पनीहरूले चालू आवको माघ मसान्तसम्म जम्मा २ लाख २४८ वटा बीमालेखहरू बिक्री गरेर उक्त राशीको बीमाशुल्क आर्जन गरेका हुन्।