१० रुपैयाँ शुल्कमा फोनपेबाट दुई लाख भुक्तानी गर्न सकिने

५ आश्विन २०७८, मंगलवार ००:०७

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक फोनपे एप्समार्फत ‘फोनपे डाइरेक्ट’ मार्फत जम्मा १० रुपैयाँ सेवा शुल्कमा दुई लाख रूपैयाँसम्म कारोबार गर्न सकिने भएको छ ।

फोनपेले सो सम्बन्धी नयाँ व्यवस्था लागू भएको जनाएको छ । फोनपे नामक कम्पनीले सञ्चालन गरेको ‘फोनपे डाइरेक्ट’ मार्फत एक बैंकको एपबाट अर्को बैंकमा रकम पठाउँदा जम्मा १० रुपैयाँ मात्र सेवा शुल्क लाग्ने फोनपेले जनाएको छ ।

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएकोमा प्रतिस्पर्धी बजार अनुसार सेवा शुल्क घटाएको फोनपेले जनाएको छ । आम जनतालाई डिजिटल कारोबारमा प्रोत्साहित गर्न फोपेले कारोबार शुल्क घटाएको जनाएको छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिने कम्पनीले जनाएको छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिने सो कम्पनीले जनाएकोे छ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेकोले भुक्तानी सेवा थप सरल र छरितो रुपमा भइरहेको छ ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । डिजिटल भुक्तानी सेवालाई विश्वस्तरीय बनाउँदै कम्पनीले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि ३२१ प्रमाणीकरण प्राप्त भएकोले अत्यन्तै विश्वासिलो भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*