दोस्रो पटक नेप्सेमा उच्च अंकको गिरावट, अर्थमन्त्रीको भनाइले शेयर बजारमा प्रभाव

४ आश्विन २०७८, सोमबार १५:१६

काठमाडौं । गत साता अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई फुलेको बेलुनसँग तुलना गरेसँगै त्यसको असर सेयर बजारमा परेको छ । निरन्तर गिरावटकै शेयर बजारमा अर्थमन्त्रीको भनाइसँग असहमत हुँदै शेयर बजार सूचक नेप्से दोस्रो पटक सय अंकभन्दा बढीले घटेको छ ।

साताको पहिलो दिन कारोबार नभएको हुँदा यो साताको आज पहिलो कारोबार हो । आज नेप्से ११४ दशमलव ०२ अंकले घटेको छ । नेप्सेमा उच्च गिरावट आँउदा २६९८ दशमलव ३५ को विन्दुमा कायम भएको छ। २२५ कम्पनीको सूचीकृत कम्पनीको १७ करोड ३३ लाख ५ सय ३८ कित्ता शेयर खरिदबिक्रि हुँदा ८ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

नेप्सेमा आज उच्च अंकको गिरावट आउँदा सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३५ रुपैयाँको कारोबार भएको हो ।त्यस्तै, हिमालयन डिस्टीलरीको २२ करोड ५५ लाख, नबिल बैंकको १८ करोड ४४ लाख, युनाइटेड मोदी हाइड्रोपावरको १७ करोड ६६ लाख र अपि पावर कम्पनीको १६ करोड ६३ लाख भन्दा माथिको कारोबार भएको छ ।

यसअघि २०७७ मंसिर २१ गते १२३ र भदौ २० गते १०८ अंकले घटेको थियो । भदौ २० मा सुरुमा १४७ अंकसम्म घटेको नेप्सेपछि सम्हालिँदै सो बिन्दूमा रोकिएको थियो ।

यसअघि २०७७ मंसिर २१ मा १२३ घटेको थियो । जुनबेला बजार बुलिस ट्रेन्डमा थियो । १ बजेर ३९ मिनेट जाँदा ११३ अंकले घटेर २६९९.२३ बिन्दूमा आइपुगेको छ ।

गत साता आइक्यानको कार्यक्रममा अर्थमन्त्री शर्माले भनेको थिए ‘मलाई सेयर बजारका बारेमा नबोल्न भनेको भन्दै लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत तीब्र आक्रोश पोखेका थिए ।

केही लगानीकर्ताहरुले अर्थमन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीको राजीनामा/बर्खास्ती माग गर्दै नेप्से प्राङ्गण अघि आमरण अनशन बसेका थिए । आमरण अनशनमा प्रहरी हस्तक्षेपसमेत भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*