अरुण भ्याली सहित आज सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

४ आश्विन २०७८, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टीलरीको २२ करोड ५५ लाख, नबिल बैंकको १८ करोड ४४ लाख, युनाइटेड मोदी हाइड्रोपावरको १७ करोड ६६ लाख र अपि पावर कम्पनीको १६ करोड ६३ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*