६ महिनामा नेपाल इन्स्योरेन्सको कस्तो छ वित्तीय चित्र ?

काठमाडौँ । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको मुनाफा ८२.७१ प्रतिशतले घटेर ८ करोड ६० लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ७२ करोड ५४ लाख रुपैयाँबाट बढेर ८१ करोड ६४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
यता, कम्पनीको खुद बीमा शुल्क आर्जन ३२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २९ करोड ६७ लाख रुपैयाँ पुगेकोछ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने रेटन्र्ड अर्निङ २० करोड १३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १०.४६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २१५.३७ रुपैयाँ रहेको छ ।