छ महिनामा प्रभु इन्स्योरेन्स कम्पनीले कमायो १२ करोड, अन्य सूचांक कस्तो ?

३० माघ २०८१, बुधबार ०७:२६

काठमाडौं । चालु आवको छ महिनामा प्रभु इन्स्योरेन्स कम्पनीले १२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि भएको छ भने खुद बीमाशुल्क सामान्य घटेको देखिएको छ ।

कम्पनीले दोस्रो त्रैमाससम्म १२ करोड ४९ हजार ८४५ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड रुपैयाँ कमाएको थियो ।

समीक्षा अवधीमा कम्पनीले ८२ करोड ७४ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा ८९ करोड ४९ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कुल बीमाशुल्क आर्जन  यस वर्ष घटेको देखिएको छ ।

कूल बीमा शुल्क आम्दानी मध्ये अन्य बीमा शुल्क पुनर्बीमामा पठाएर २८ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्कको रुपमा धारण गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा रहेको छ । पीई रेसियो ६४ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ । सोल्भेनसी रेसियो १ दशदमव ९४ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*