ओरिएण्टल इन्स्योरेन्सको आम्दानी करिब ६६ करोड रुपैयाँ

३० माघ २०८१, बुधबार ०७:११

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ६५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ।

गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ९४ प्रतिशतले घटेको हो। गत आवमा कम्पनीले ६९ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

त्यसैगरी कम्पनीले गत आवको दोस्रो त्रैमासमा ४९ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवाम घटेर ४६ करोड ७७ लाख रुपैयाँमा झरेको छ। कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जन घटेसँगै नाफामा समेत दबाब परेको छ।

कम्पनीले गत आवमा २५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा १९ करोड ७५ लाख रुपैयाँ नोक्सानमा पुगेको छ। गत आवमा कम्पनीको खर्च ४१ करोड १७ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८८ करोड ६३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको निर्जीवन बीमा कोषमा ३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले स्पेशल रिजर्भमा १ अर्ब ६९ करोड रुपैयाँ र महाविपत्ति कोषमा ६ करोड रुपैयाँभन्दा बढी सञ्चित गरेको छ। कम्पनीको रिटेन्ड अर्निङमा २८ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*