सानिमा जिआईसीको वित्तीय विवरणमा प्रगति, नाफा १५% बढ्दा अन्य सूचांक यस्तो
३० माघ २०८१, बुधबार ०६:४४

काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीसम्ममा सानिमा जिआईसीले उल्लेख्य प्रगति गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीले मुनाफामा १५.२५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
गत आवको यसै अवधीमा १० करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएकोमा चालु आवको पुस मसान्तसम्ममा १२ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
कूल दुई अर्ब चुक्ता पुँजि भएको कम्पनीले खुद बीमा शुल्क आम्दानी ९४ करोड १६ लाख रुपैयाँ आम्दानी गर्दै सो मुनाफा आम्दानी गर्न सफल भएको हो ।
समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी १२.१७ रुपैयाँ, पिई रेसियो ५५.८८, नेटवर्थ १५२.७७ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४७२.७३ रुपैयाँ रहेको छ ।