एनएलजी इन्स्योरेन्सको खुद नाफा ७ करोड ४५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति?

३० माघ २०८१, बुधबार ०६:५०

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १४ दशमलव ९० प्रतिशतले घटेको हो। गत वर्ष कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १२ रुपैयाँ रहेकोमा चालू आवमा घटेर ९ रुपैयाँ ६८ पैसा कायम भएको छ।

खुद नाफा घटे तापनि कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जन भने वृद्धि भएको छ। कम्पनीको आम्दानी गत आवमा ५५ करोड ३० लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६७ करोड रुपैयाँ नाघेको छ। त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन गत आवमा ३१ करोड ३५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४४ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ८ करोड रुपैयाँ र महाविपत्ति कोषमा पनि ८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।

गत आवमा कम्पनीको निर्जीवन बीमा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ४ रुपैयाँ ८३ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*