थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि

३ आश्विन २०७८, आईतवार १६:४६

काठमाडौं । आज थप ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफ्रिङ अनुसार आज ७ हजार ३०४ जनामा पीसीआर परीक्षण गर्दा ६५६ जनामा र २ हजार ७०९ जनामा एन्टिजन परीक्षण गर्दा ७८ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार पछिल्लो २४ घण्टामा देशभरबाट १२ जना संक्रमितको मूत्यु भएको छ भने १ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २४ हजार ३१३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*