बीमक संघका नवनियुक्त अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले गरे १२ बुँदे प्रतिवद्धता

२५ माघ २०८१, शुक्रबार १७:३६

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिरेन्द्र बैदवार क्षेत्री नेपाल बीमक संघको अध्यक्षमा नियुक्त भएका छन्। काठमाडौँमा सम्पन्न संघको २२औं तथा २३औं वार्षिक साधारण सभापछि उनले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा संघको लक्ष्य र उद्देश्यलाई अघि बढाउने १२ बुँदे प्रतिवद्धता व्यक्त गरे।

संघको नेतृत्व ग्रहण गर्दै क्षेत्रीले बीमा क्षेत्रको सुधार र विस्तारलाई प्राथमिकतामा राख्ने तथा सदस्यहरूसँग सहकार्य गर्दै संघका कार्यहरूलाई सफल बनाउने आशा व्यक्त गरे। उनले संघको संस्थागत सुदृढीकरण र समयसापेक्ष सुधारमा आधारित नीतिहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए।

क्षेत्रीले व्यक्त गरेका १२ प्रतिवद्धता

१. निवर्तमान अध्यक्ष तथा पदाधिकारीहरुले शुरु गरि प्रकृयामा रहेका कार्यहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने ।

२. निर्जिवन बीमा क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भहरु मध्ये एक भएको हुदां यस क्षेत्रलाइ लाई व्यवस्थित, मर्यादित वनाउन समय सापेक्ष सुधारको लागि आवश्यक अध्ययन गरी राय सुझाव सहित नियामक निकायलाई अनुरोध गर्ने ।

३. बीमा कम्पनीहरुको सहमति अनुसार गठन भएका विभिन्न सामूहिक जोखिम कोष (Pool) संयन्त्रहरुको दीर्घकालिन समाधानको लागि पहल गर्ने ।

४. निर्जिवन बीमा क्षेत्रलाई अन्तरराष्ट्रिय स्तरको अद्यावधिक र परिष्कृत बनाउन संघले यो क्षेत्रमा योगदान पु-याउनु भएका अनुभवी तथा विशेषज्ञता हासिल गरेको व्यक्तिहरुको विषयगत प्राविधिक समुह (Faculty wise Technical Team) मार्फत अनुसन्धान तथा अनवेषण गरि सुझाव उपलब्ध गराउने कार्य प्रारम्भ गरीने ।

५. परिवर्तित आर्थिक वातावरण, जलवायु परिवर्तनको कारण सृजित जोखिमहरुको सम्वोधन र व्यवस्थापन गर्न मुलुकको भौगोलिकता अनुरूप Risk Model तर्जुमा गर्न स्वदेशि पुनर्बीमा कम्पनी र नियामक निकायसँग सहकार्य गर्ने ।

६. निर्जीवन बीमकहरुलाई आइपर्ने समस्याका सन्दर्भमा साथ दिँदै सो को समाधानका लागि तथा सरकार एवं नियामकद्वारा निर्माण हुने विभिन्न नीति जस्तै कर नीति, बीमा नीति, विभिन्न कार्यविधिहरु निर्माणको क्रममा वा निर्माण पश्चात पर्ने असरको वारेमा प्रतिनिधिमूलक संस्थाको रुपमा संघको तर्फबाट प्रतिनिधित्व गर्दै प्रभावकारी आवाज उठाउने ।

७. जलविद्युत तथा ठूला परियोजनाहरुको पुनर्बीमा गर्न स्वदेशि पुनर्वीमकलाई अनिवार्य गर्नको लागि आवश्यक निति तर्जुमा गर्न नियामक निकायसँग अनुरोध गर्ने ।

८. लघुवीमा कम्पनी निर्जिवन वीमाको आधार स्तम्भ भएको हुँदा, बीमा वारे सचेतना र पहुँच वृद्धि गर्नुका साथै, अनिवार्य वीमा वाहेक लघु बीमाको वीमा शुल्क भुक्तानी प्रकृयालाई सरलिकृत गर्ने ।

९. आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने स्वास्थ्य बीमालाई थप प्रभावकारी वनाउन स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको नियमन सहित एकीकृत स्वास्थ्य बीमा सेवा प्रणालीको बिकासका लागि आवश्यक कानुनी तथा नितिगत व्यवस्थाको लागि नियामक निकायसँग अनुरोध सहित सहकार्य गर्ने ।

१०.. “प्रत्येक घरवास सुरक्षाको आभाष” भन्ने नाराका साथ आवासिय तथा व्यावसायिक भवनको बीमा गर्ने वातावरण वनाउन नितिगत सुधार एवम् व्यवस्था गर्न स्थानिय सरकारलाई अनुरोध तथा सहकार्य गर्ने ।

११. विपन्न तथा निम्न वर्गका नागरिकहरु प्राकृतिक प्रकोपवाट सबैभन्दा वढि प्रभावित हुने भएकोले बीमाको दायरामा समाहित गरि बीमा पहुँचको खाडल कम गर्न “जलवायु परिर्वतनको छैन सिमा, सुनिश्चित गरौ समावेशी वीमा” भन्ने नारालाई व्यवहारमा लागू गर्न क्रियाशिल रहने ।

१२. बीमा मध्यस्थकर्ता – (सर्भेयर, अभिकर्ता, पुनर्वीमा दलाल, तेश्रोपक्ष सहजकर्ता) हरुको कार्य सम्पादनलाई पारदर्शी गर्ने गराउने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*