सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

१ आश्विन २०७८, शुक्रबार १२:३४

काठमाडौं । सुनको मूल्यमा आज भारी गिरावट आएको छ । शुक्रबार एकैदिन सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ । हिजो पनि सुन तोलामा ७०० ले घटेको थियो । निरन्तर सुनको मूल्य ओरालोतर्फ लागेको छ ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार १०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ९० हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी तोलामा ३० रुपैयाँले घटेर आज १ हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*