अवैध रुपमा बसिरहेका १ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने

काठमाडौँ । अमेरिकी सरकारले अवैध रुपमा बसिरहेका १ हजार ३६५ नेपाली आप्रवासीलाई घर फर्काउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई घर फर्काउने नीतिमा हस्ताक्षर गरेपछि १ हजार ३६५ नेपाली नागरिकलाई निष्कासनमा पर्ने भएको हो।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, अमेरिकाबाट निष्कासन हुने विभिन्न देशका कुल १४ लाख ४५ हजार ५४९ जना आप्रवासी रहेका छन्। ती मध्ये नेपाली नागरिकहरूको संख्या १ हजार ३६५ छ।
अमेरिकाबाट निष्कासनमा पर्ने अन्य प्रमुख देशहरूमा होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोर रहेका छन्। होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना रहेका छन्।
चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा परेका छन्।