विदेशबाट फर्केकालाई सहुलियतपूर्ण ऋण दिने ग्लोबल आईएमई बैंकको घोषणा

३१ भाद्र २०७८, बिहीबार २२:१४

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्न सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको छ । बैंकले नेपाल विकास अध्ययनसँगको सहकार्यमा ऋण दिन लागेको हो ।

ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवं उद्यमशीलता तालिम उपलब्ध गराउने सहमति भएको सो बैंकले जनाएको छ । सम्झौतापछि बैदेशिक रोजगारीबाट फर्केका युवाहरु सो संस्थामा आबद्ध भई निश्चित तालिम लिएपछि सोही संस्थाको सिफारिसमा बैंकले ऋण दिनेछ ।

रोजगारीमा रहेका श्रमिकहरुका आश्रित परिवार, मानव बेचविखनमा परी उद्धार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*