गृहमन्त्रीद्धारा पाथीभरामा केबुलकारको विवादबारे प्रहरी महानिरीक्षकसँग ब्रिफिङ

ताप्लेजुङको पाथीभरामा केबुलकार निमार्णको विषयबारे भएको विवादको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरलाई बोलाएका छन् ।
गृह मन्त्रालयबाट पाथीभराको पछिल्लो अवस्थाबारे बुझ्न भन्दै बोलाएपछि आईजी कुँवर मंगलबार साँझ मन्त्रालय छिरेका छन् ।
पाथीभरामा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबुलकार समूह’ को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।
यसअघि गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए ।
सोमबार केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दुई जना घाइते भएका थिए ।