नयाँ स्टकबारे सेबोनमा बैठक सुरु, तत्काल लाइसेन्स वितरण नहुने

अपडेटः
काठमाडाैं । नयाँ स्टक एक्सचेन्जबारे निर्णय गर्न बसेकाे नेपाल धिताेपत्र बाेर्डकाे बैठक बिना कुनै निर्णय सकिएकाे छ । सदस्यहरूले निर्णय गर्न नमानेपछि निर्णय नगरी सबाेनकाे सकिएकाे एक सदस्यले जानकारी दिए।
………………00-00…………………….
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्सको विषयमा छलफल सुरु भएको छ। अघिल्लो पटक विवादित बनेको स्टक लाइसेन्स प्रक्रिया बारे बोर्डले छलफल सुरु गरेको हो ।
सन्तोष नारायण श्रेष्ठ सेबोनको अध्यक्षमा नियुक्त भएपछि नयाँ स्टकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको थियो। तर, अघिल्लो पटक विवादित बनेको यो विषयलाई तत्काल अघि नबढाउने बताइएको छ।
पछिल्लो परिवर्तित सन्दर्भमा अध्यक्ष एक्लैले चाहेर मात्रै लाइसेन्स वितरण हुने अवस्था छैन । सञ्चालकहरु नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बारे मौन छन् ।