नेप्सेमा नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन
१५ माघ २०८१, मंगलवार १६:१७
![](https://www.beemapost.com/wp-content/uploads/2024/09/Neco-Insurance-beemapost.jpg)
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेको इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
कम्पनीको २५ प्रतिशत हकप्रद शेयरको लागि शेयर मूल्य समायोज भएको हो । समायोजनपछि कम्पनीको मूल्य ७७१ रुपैयाँ १२ पैसा पुगेको छ ।
कम्पनीको समायोजन अघि शेयर मूल्य ९३८ रुपैयाँ ९० पैसा रहेको थियो ।