रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा सञ्चालन
![](https://www.beemapost.com/wp-content/uploads/2025/01/Aathbiskot-Branch-opening-e1738026885305.png)
काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुम जिल्लास्थित आठविसकोटमा आफ्नो २०२औं शाखा कार्यालय विस्तार गरेको छ।
आठविसकोट नगरपालिकाका मेयर रवि केसी र बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले माघ १४ गते संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरेका हुन्। सर्वसाधारणलाई सहज र सरल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सो स्थानमा नयाँ शाखा स्थापना गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार आठविसकोट शाखाबाट स्थानीय, सर्वसाधारण, व्यवसायी, कम्पनी तथा संघ–संस्थाहरूले गुणस्तरीय सेवा प्राप्त गरी लाभान्वित हुनेछन्। यसले क्षेत्रको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास बैंकले लिएको छ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।