अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा डोटीका युवा नेता योगेन्द्र भट्ट निर्विरोध निर्वाचित
काठमाडौँ । नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा सुदूरपश्चिम प्रदेशको भुगोल तर्फ डोटी जिल्लाबाट योगेन्द्र भट्ट केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। उनको निर्वाचित यात्रा र यो उपलब्धिलाई सुदूरपश्चिमका युवाहरुले विशेष गर्वको विषयका रूपमा लिएका छन्।
२०६७ सालदेखि डोटी जिल्लाको देविस्थल माध्यमिक विद्यालयबाट सदस्यता लिएर निरन्तरण राजनीतिमा सक्रिय रेहका भट्ट लामो समयदेखि विद्यार्थी आन्दोलन र संगठनमा सक्रिय रहँदै आएका थिए । उनले संगठनलाई मजबुत बनाउन र विद्यार्थीका हक–अधिकारका लागि निरन्तर संघर्ष गर्दै ठूलो लोकप्रियता कमाएका छन् ।
सम्मेलनमा देशभरका प्रतिनिधिहरूको सहभागिता थियो। निर्वाचन प्रक्रियामा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको भए पनि भट्ट निर्विरोध निर्वाचित भएका हुन् । भट्टको यो सफलतालाई संगठनले मात्र नभई डोटीवासी तथा सुदूरपश्चिम प्रदेशका जनताले पनि गौरवको रूपमा लिएका छन्।
निर्वाचनपछि भट्टले धन्यवाद व्यक्त गर्दै आफू संगठनका एजेन्डालाई अघि बढाउन र विद्यार्थीहरूको समस्याको समाधान गर्न सधैं प्रतिबद्ध रहने बताए । उनले संगठनको मजबुती र सुधारका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।