सपोर्ट लघुवित्तको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफा ७९% वृद्धि, ईपीएस कति?

११ माघ २०८१, शुक्रबार १२:१८

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७९ दशमलव ३९ प्रतिशत वृद्धि भएको छ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा ८६ लाख ४२ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १ करोड ५५ लाख रुपैयाँ पुगेको हो। चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो।

सञ्चालन नाफा गत आवमा ७२ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ करोड ३३ लाख रुपैयाँभन्दा बढी पुगेको छ। त्यस्तै खुद ब्याज आम्दानी गत आवमा २ करोड ९३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ५ करोड रुपैयाँभन्दा बढी सञ्चिति गरेको छ। कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ सापटी लिएर ३८ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ३२ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ३२ पैसा छ भने खराब कर्जा १ दशमलव ७४ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*