नेपाल इन्स्योरेन्स प्रोेफेशनल सोसाइटी (निप्स) को सुदूरपश्चिम स्तरीय समिति गठन
काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोेफेशनल सोसाइटी (निप्स) को धनगढीमा एशियन लाइफ इन्स्योरेन्सका गणेश बहादुर साउदको नेतृत्वमा कार्यसमिति गठन भएको छ । बिहीबार नेपाली जीवन बीमा कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुखहरुको भेलाले १२ जना सदस्यीय कार्यसमिती चयन गरेको हो ।
सुदूपश्चिम प्रदेश भरिका सम्पुर्ण जिवन बीमा कम्पनीका प्रदेश प्रमुख र क्षेत्रिय प्रमुखहरूको उपस्थितिमा निप्स लाइफ सुप गठन गरिएको छ । समितीको उपाध्यक्षमा सन नेपाल लाइफका लक्ष्मी कान्त जैशी, महासचिबमा आइएमई लाइफका सुमन तिमिल्सिना, सचिवमामा नेशनल लाइफका नवीन किसोर भट्ट, कोषाध्यक्षमा सिटिजन लाइफका गंगाराम जोशी र सदस्यमा नेपाल लाइफका दिपक भट्ट, एलआईसी नेपालका ललित ऐर, क्रेष्ट माइक्रो लाइफका प्रकाश चन्द्र जोशी र रिलायबल नेपाल लाइफका चन्द्र बिष्ट रहेका छन ।
साथै, सल्लाहकार समितीमा सानिमा रिलायन्स लाइफका गणेश उप्रेती, सुर्यज्योती लाइफका मोहन पुरी र प्रभु महालक्ष्मी लाइफका पदम राना रहेको महासचिव सुमन तिमिल्सिनाले जानकारी दिए ।