राष्ट्र बैंकले ९ हजार जरिवाना गरेको सेन्ट्रल फाइनान्सको कस्तो छ वित्तीय अवस्था ?

१० माघ २०८१, बिहीबार १७:४८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई ९ हजार १०६ रुपैयाँ जरिवाना गरेको छ । केन्द्रिय बैंकको निर्देशनको धज्जी उडाएपछि कम्पनी कारबाहीमा परेको हो ।

बुधबार राष्ट बैंकले गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सलाई समेत कारबाही गरेको थियो । तीन वटै कम्पनीलाई सचेत गराएको भएपनि सेन्ट्रललाई भने जरिवाना नै गरेको हो । २०८१ मंसिर ०८ देखि २०८१ पुस १३ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३/०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा. निर्देशन नं। २१/८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम संस्थालाई पहिलो पटकका लागि रु।९१०६।०९ नगद जरिवाना गरिएको हो ।

कम्पनीको वित्तीय अवस्था समेत कमजोर रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको वित्तीय विवरण अनुसार खराब कर्जा ९.४४ प्रतिशतले बढेर ११.९४ प्रतिशत पुगेको छ ।

यसअवधिमा कम्पनीको नाफा ३४ लाख ९० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको नाफा ४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० करोड ६५ लाख ५७ हजार रुपैयाँ, सञ्चालन मुनाफा ४९ लाख ८६ हजार रुपैयाँ र वितरणयोग्य नाफा १५ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको चुक्तापूँजी ९४ करोड ८८ लाख ७५ हजार र जगेडा कोषमा ४७ करोड २६ लाख १८ हजार रुपैयाँ सञ्चितिमा रहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १४ लाख ९५ हजार रुपैयाँ राजस्व दिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ०.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३३.४९ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*