पालिकाका निमित्त प्रशासकिय अधिकृतहरुको जिम्मेवारी रद्द

१० माघ २०८१, बिहीबार १७:११

काठमाडौँ । देशभरको स्थानीयतहमा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रूपमा पालिकामा कार्यरत रहेका २३ अधिकृतहरुको जिम्मेवारी खोसिएको छ ।

संघीय , मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै देशभरका १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई  जिम्मेवारी बाट हटाएको हो ।

मन्त्रालयले माघ ९ मा गरेको निर्णय अनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आईरहेका अधिकृतहरु आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ ।

पछिल्लो समयमा स्थानीयतहका प्रमुखहरुकै सिफारिसमा पालिकाम कार्यरत विभिन्न शाखाका प्रमुखहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए ।

जिम्मेवारी रद्द (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*